Dec 20, 2013

WORDS......

समयको गतिलाई कस्ले रोक्न सक्छ र। 
यो त खेल हो। यो त दौड हो। 
हुर्किएको हृदयले तिम्रै हात खोज्छ।  
जिन्दगीको बहाबमा, तिमि संगको माया 
मात्र एउटा मोड हो। 

आशाको भुमरीमा तिमि, एक पात्र हौ। 
म त एक्लो छु अनि तिमि पनि 
हाम्रो माया त केवल प्रकृति चलाउने नियम हो। 
म त बेग्लै छु अनि तिमि पनि। 

भगवानको दरवारमा जति पाइला  टेके पनि 
कोमल फूलहरु जति सुकै चुडे पनि 
भगवान मान्ने तिम्रो मनले भाग्यलाइ के मान्ला र 
मेरो छातीमा आशु बिसाई जति सुकै रोए पनि। 

म त जान्दिन भौतिकवादी बन्न 
तिमीले तेर्स्याएको भगवान मान्न 
तिमि को हौ अनि म को हूँ 
म त सक्दिन दुखहरु लुकाई सुखहरु साच्न। 


No comments:

Post a Comment