Jan 16, 2014

मन

एक्कासी भाबुक भए , मनलाई सोधे , मन मौन रह्यो
म कुन सुरले अलक निरन्जनको भाका गाउ
तड्पाईको पिडालाइ कुन मलम लगाउ
भक्कानेर रुन्छ मन कुन ओखतिले आशु सुकाउ

हातगोडा थाकी सके , उद्देश्यले गिज्याइरहेछ
जित्न नजानेको मन, कुन सफलतामा रमाउ
लाचार जिन्दगी,  मदिराबिना नै बेहोसीमा बितिरहेछ
कुन भगवानलाई पुजौ कसको हात समाउ

कुन भुमरीमा फसे म कति मिठो थियो जिन्दगि
एक्लो छु म कसलाई मनको बह पोखौ
भाग्यलाई दोस दिदै , दुखि जिन्दगि बिताइरहेछु
आत्तिएको छ मन यी भावनाहरुलाई कसरी रोकौ

No comments:

Post a Comment