Apr 29, 2014

आमा

मेरो भुल
आमा तिमीलाई सब्दमा बाध्न खोजे
उकुसमुकुस भयो मन
आफुलाई रोक्न सकिन
सब्दहरु बटार्दै तिम्रो बारे कोरे

आमा तिमीले मृत्युलाई जित्यौ
म जन्मीऍ
तिमि मुस्कायौ, म रोऍ
म नास्तिक भऍ , तिमि रिसायौ
तिमीलाई आफ्नो भगवान माने

रहरको छोरो जन्मियो
घरमा उल्लास छायो
बाले खबर पाउनुभो
पोखरामा भोज भो
१ महिनाको तलब सक्कियो
भाइ आयो दिदीहरु रमाए

भातको युद्दमा खुसीहरू साट्यौ
मेरो आवरण फेर्न दुख रोज्यौ
मेरो आशुले हात पखाल्यौ
मेरि आमा, आफु रोएर मलाइ हसायौ

आमा, मैले प्रेम गरे
तिमि खुसि भएनौ
न म गलत थिए न तिमिनै
छोरोले बाटो बिराउला भनेर
सहि बाटो देखायौ।

मैले मन्दिर धाइन
चर्च चहारिन
मस्जिद रोजिन
मैले तिमिलाइ आफ्नो
तिर्थ बनाऍ

आफ्नो गास काटि
यो शरीर हुर्कायौ
कलम थमाइदियौ
मैले कन्तुर हेरिन ,
बेला बेला कन्तुर रितिएको
खन्द्रंग खद्रंग आवाज सुन्थे

आमा तिम्रो बस्त्र फेरिएको देखिन
आफ्नो लागि केहि किन्दैनौ?
तिमीहरुको शरीर रंगियोस
त्यहि हो मेरो सुख
मन नै निमोठिने उत्तर आउथ्यो।

आमा तिमि म जन्मेपछि
कहिल्यै हासिनौ होला है
सधै सन्तानको चिन्ता
सानो छदा हुर्काउदा रोयौ
हुर्केपछि बाटो बिराउला भनेर रोयौ।

No comments:

Post a Comment