Dec 25, 2013

मन !!!!!

छट्पट्टिरहेको उद्देश्यले यो दुखि मनलाई सोध्छ
के मेरो अस्तित्व तिमीमा नै  निर्भर छ ?
गन्तव्यले परैबाट थपडी बजाई मेरो दिमागलाइ झक्झ्क्याइदिञ्छ
मृत्यु मिठो भन्ने ओठले आखाबाट बगेको आशु पिईदिन्छ।

भाग्यसंगको जुहारीमा आत्मबल हराएजस्तै
मदिरा बिनाको नशामा शुन्यतारुपी घनचक्करको विचरण गर्दै
शिथिल यी हात गोडाहरू कसैको सहाराको पर्खाईमा
अर्थहीन जीवनको सुर्य-चन्द्र कटाइदिञ्छ

आफ्नै प्रश्नले आफैलाई घायल बनाएका क्षणहरु
नशा बिनाको नशामा छट्पटिएका पलहरु
मुस्कानको कारण आफैलाई सोध्दै
पीडाका पोकाहरु छिचोल्दै  जीवन आफैमा रमाइदिञ्छ। 

No comments:

Post a Comment