Jan 17, 2014

म सक्दिन

मन भारि हुन्छ
आखाहरू भरिन्छन्
लाचार भइञ्छ
बोलि फुट्दैन
दिमाग खालि हुन्छ
निन्द्रा लाग्दैन।

आखा बन्द गर्छु
अँध्यारो छ
आखा खोल्छु
उज्यालो देख्दिन
हास्न मन लाग्छ
कारण भेट्दिन।


बेचैनिमा बितिरहेछ पलहरु
बाहिर चिहाउछु
केहि देख्दिन
उदेश्य रोइरहेछ
मुटु काम्छ
कुन पीडाले मलाई छोइरहेछ।

म बहुला होइन
दिमाग स्थिर छैन
के सोच्छु के भैदिञ्छ
पाइलाहरु भासिञ्छन्
हिड्न सक्दिन
सपनाहरु निसासिञ्छन्।

के सोचौ सोच्न सक्दिन
के भनौ बोल्न सक्दिन
एक्लो छु म
कतै बस्न सक्दिन
कहा छ खुसि
कहा छ सुख खोज्न सक्दिन।

No comments:

Post a Comment