Apr 20, 2014

म खलासी

मैलो टि सर्ट, मैलै ज्याकेट
कालो चप्पल, कालै खुट्टा

पाएटको लोतिमा अड्काको डोरी,
बगलिको पर्श च्याप्दै छ।
खैरो कपाल, संघर्षको खेल

दिनभरिको थकान,
मान्छेको बथान,
छिचोल्दै भाग्य चिहाउछु
नौलो हुने छैन बिहानी,
उही काम कर्तव्यमा आफुलाई लगाउछु

पढाइ ४ क्लास,
बिद्यार्थी परिचयपत्र हेर्न जान्दिन
सबैलाई छुट दिन्छु,
गुरुजी रिसाउछन घाटा लगाइस भनेर

गोजीबाट सुर्ती निकाल्छु,
हातमा माड्छु
क्वाप्प मुखमा हाल्छु,
यात्रु मुखामुख गर्छन।

आमाबाबा  को हुन् चिन्दिन,
आफ्नो भन्ने कोहि छैन.
गुरुजीको गालि साहुको किचकिच,
कुना बसी रुन्छु सुनिदिने कोहि छैन।

भाग्यलाई धिक्कार्छु,
दैब पुकार्छु
दुइ छाक टार्न लात्ती स्वीकार्छु।
को छ मलाइ सुनिदिने,
को छ मलाइ बुझिदिने

फाटेको कमिजलाई कति तिरबाट थुन्नु,
रोएको मनलाई कसरि बुन्नु
कुलतमा फसे दुख बिर्साउन,
दुख मरेन जिउदै रह्यो 


No comments:

Post a Comment