Apr 26, 2014

एउटा कथा

उ घमण्डी थियो । आफ्नो बोली रामबाणी भन्ठान्थ्यो । संसार त्यसरि नै चलेको थियो । कलेज टपर

अन्तर आत्मा चिहाउथ्यो । सबै ठिक गरेँ जस्तो लाग्थ्यो । अरुले के सोच्छन हेक्का नराख्ने,सोच जबर्जस्ती लाद्ने । बैचारिक कुरुप थियो उ ।

संसार जिते सरी चिच्याउथ्यो उ । 
१००० बिध्यार्थी अगाडी हिरो । 
अरु खलनायक, 
कक्षाको नेतृत्व सम्हालेको 
उस्ले बाहिरी सँसार चिहाएन ।


क्याम्पस सकियो । बाहिर निस्कियो । संसार अनौठो देख्यो । जित्न बाकी रैछ । देख्न बाकी रैछ भन्ने जान्यो तर उस्को कुरुपता उस्तै रह्यो ।

साथिहरु सँग कुम मिलाई हिड्नु पर्ने भयो ।
एउटै छत बास बन्यो । 
उ हठी नै रह्यो । 
साथिहरुले खासै रुचाएनन् । 
सँघर्ष सुरु भो ।


कहिल्यै अनुतिर्ण हुन नजानेको, 
एक पटक थचारियो । 
बिदेशको छत, गाँस र बासले पिरोल्यो । 
स्व-प्रोत्साहन खोज्न भौतारियो ।


उस्ले गुरु खोज्यो । कसैलाई पुर्ण रुपमा स्विकार्न सकेन । कहिले ओशोको लहैलहैमा लाज्ञो कहिले रबी संकर। कार्लामाक्सलाई पछ्यायो, चे पढ्यो ।

धार्मिक ग्रन्थहरु खोज्यो । सबै पढेन । ओशो केहि रुपमा ठिक मान्यो । स्व-प्रोत्साहन हुने कला जान्यो । उ झुक्न थाल्यो ।

उस्ले पहिलो चोटी चुरोट सल्कायो 
ओशोको लहै लहैमा लागेर । संतुष्टी खोज्यो । उ बेफिक्री जिउन थाल्यो । फलेको हाँगो जसरि निहुरन थाल्यो ।

इमान्दारिता रोज्यो। सबैलाई माया गर्न थाल्यो।
उग्र प्रतिकृयाको सरल मुस्कान उत्तर रोज्यो। 
कामलाई भगवान मान्न थाल्यो।
सबैले उस्लाई रुचाउन थाले

प्रत्यक दिनको ध्यानले उस्लाई दिनभरी जिउदो बनाउछ । कसैलाई नराम्रो सोच्दैन भन्दैन । उस्को कुरुपता हराउदै गयो । उ मान्छे भयो ।

उ झुक्छ । साहु खुशी । उ भोग्छ । संसार खुशी । कामको बोझ बढिरहन्छ । उ हाँस्छ । समयको ख्याल नगरि कर्म गर्छ । फल खोज्दैन ।

अहिले उ खुशी छ परिवार दुखी । 
उस्को संघर्ष मिठो छ । 
परिवारलाई त्यही स्वाद तितो । 
जती झुक्यो उति झुकाउछ सँसार 
परिवारले बुझाउन थाल्यो ।


बिहान ८ बजेबाट बेलुका ९ बजे सम्म दफ्तरको सेवा । 
काम नै सबैथोक भन्ने 

उ आज दुखी छ 
किनकी उस्को रुप परिवार साथी भाइलाई मन परेन ।


उस्को रुपको गलत ब्याख्या हुन थाल्यो । सबैले निरिह बुझे । उ एक्लो भयो । लाचार बुझे । तर उ बोलेन ।
मौन रह्यो ।

आजकाल उ सबै सँग हास्छ ।
बच्चो सोचको प्रतिकार गर्दैन ।
श्रीमती लाई माया गर्छ ।
भनेको कुरा पुर्याइदिन्छ ।
आज उस्लाई समाजले जोइटिङ्ग्रे भन्छ ।

No comments:

Post a Comment