Dec 24, 2013

सोच

एकछिन घोत्लिए केहि लेखु भनेर , दिमाग खालि छ। बिषय छनोट गर्न गारो भयो, तै पनि केहि पोत्छु भनेर सब्द छान्न थाले।
मायालाई बिषय बनाउ या धर्मलाई , राजनीति पनि एउटा विकल्प हुनसक्छ।
आज कुनै बिषय नछानी पोत्ने छु तर बहावमा लेखाइ नै एक बिषय बन्नेछ।

कहिले काही चिच्याउन मन लाग्छ सब बहहरु भाग्ने गरि। तर समस्याको समाधान भएको हुदैन। आशा निराशा दुइ चक्र हुन्। कहिले कुन कहिले कुन पालै पालो आउछन। एकै चोटी दुइटैले ढोका ढक्ढक्याएको याद छैन।
जित र हारको अर्थ के, यहाँ खुसीले कति अंश ओगट्छ ? मनको शान्ति जित हो कि भौतिक साधन ? व्यक्ति पिच्छे सोच फरक छ र बुझाई पनि। जति सुकै आध्यात्मिक बाटोमा हुइकिए पनि भौतिकबादले कहाँ छोड्न सक्छ र। या त सन्यासी बन्नुपर्यो या त जोगी , नत्र जति सुकै भगवानको गुणगान गाए पनि भौतिकबादबाट अछुतो रहन सकिदैन।
 म हरेक बिषयमा कन्फुज हुन्छु , चाहे माया होस् चाहे भगवान।

स्व-प्रोत्साहन एक कला हो। यो त तपस्या हो। फेसबुकका दुइ लाइनले केहि क्षण को खुसि मात्र दिन्छ , जीवन भरि जिउने बाटो होइन, त्यसैले जीवन खुसि भएर जिउन लगातारको मोटिभेसन चाहिन्छ जुन लगातारको अध्ययनले मात्र दिन सक्छ। अध्ययन गारो कुरा हो। के पढ्ने कुन पुस्तक उठाउने सब भन्दा ठुलो प्रश्न हो। सबै भन्दा सजिलो त जीवन माथि लेखिएका लेख पढ्नु उचित हुन्छ। दिनको केहि समय निकालेर ति पुस्तकहरु भनौ अध्यात्म , दर्शन पढ्नु उचित हुन्छ। हो अध्यात्म पढ्ने मन हुन्न , दर्शन त दिमागले नभ्याउने हुन्छ। तर पढ्दै गएपछि बुझ्ने कुरा हो। जब पढ्न थालिन्छ तब झन् पढ्ने उत्सुकता बढ्दै जान्छ।
-सोच 

No comments:

Post a Comment