Dec 29, 2013

जन्मदिन र कोर्ट मार्शल!!


२७  तारिक बिहानै ७ बजे नयाँ बानेश्वर पुग्नुपर्ने थियो। सिन्धु बिकास बैंकको क्यास भेरिफिकेसनको लागि सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको थियो। बिहानै सखारै बाइक हुइक्याउदै पुगे बानेश्वर तर ७ ४५ मा बैंकको भ्यान आइपुग्यो बि टि आइ अगाडी। सम्भु र म भ्यान मा बस्यौ , शान्तिनगरबाट बिपिन दाइ  चढ्नु भयो। हामि लाग्यौ सिन्धुपाल्चोक तिर। गाडिमा हिन्दि गीतहरु घन्किरहेका थिए। गाडीमा मैले सम्भुलाई काम कसरि गर्ने सम्झाइदिए , कुराकानी गर्दा गर्दै हामि दोलालघाट पुग्यौ। सम्भुलाइ दोलालघाट मलाइ खाडीचौर र बिपिन दाइलाई बार्हबिसे शाखा छुट्याइएको थियो। खाडीचौर ९ १५ मा पुगियो। जाने बित्तिकै काम सुरु गरे, समय कम थियो ,९ ३० मा बैंकको कारोबार सुरु हुने भएकोले हतार हतार गर्दै क्याश भेरिफिकेसन सक्काए। बिपिन दाइ बर्हबिसेमा सकेर खाडीचौर हुदै दोलालघाट पुगेर खाना खाने तय भएको थियो तर दाइ बजार तिर लाग्नु भएछ ढिलो हुने भएर खाना खाएर बस भन्नु भो। म खाना खान कबिता म्याम संग लागे। खाना खाएर डेड घण्टा कुरे पछि दाइ आइपुग्नु भयो र हामि दोलालघाट तिर लग्यौ। दोलालघाटमा सम्भुलाई लिएर काठमान्डू तिर लाग्यौ। धुलिखेलमा एकछिन भ्यान बिसाइयो। कफी र केहि खाजा खाएर हामि गन्तब्य तिर लाग्यौ। काठमान्डू ६ बजे आइपुग्यो। मेरा एक साथी मलाइ कुरिरहेका थिए। अफिसबाट बाइक निकालेर साथीलाई लिएर घर तिर लागे। दिनभरी फोन ब्यस्त नै थियो साथीहरुले जन्मदिनको सुभकामना दिन फोन गरेका थिए। म आफैलाई थाहा छैन मलाई कसैले प्रतक्ष्य रुपमा ह्याप्पी बर्थडे भन्यो भने लाज लाग्छ।त्यसपछि सधै जस्तो घर तिरका साथीहरुले हरेक को जन्मदिनमा केक काट्ने चलन अनुसार केक को बन्दोबस्तो गरेका रैछन। किशोर दाइ,दिवाकर दाइ,मनोज,रबि दाइ सब मलाई कुरिरहेका रहेछन। मोटरसाइकल घरमा थन्क्याएर म लागे जिन्को फरेस्ट रिसोर्ट तिर। मैले २ ३ वर्ष यता खाना इन्जोय गरेको थिइन , धेरै पछि खानाको मज्जा लिएर घर फर्किए।  यसरि बित्यो जन्मदिन।

जन्मदिनको भोलिपल्ट तोर्पे समुहका मित्रहरुलाई चिया खाजाको लागि पशुपति बोलाएको थिए , पुग्नुपर्ने समय ८ बजे तय गरेको थिए। म र मनोज पुसको ठण्डी मा ८ १५ मा पशुपति पुग्यौ , त्यहाबाट १० बजे तिर घर फर्केर नुहाए र खाना खाए पछि अर्को मित्र सबिनालाइ भेट्ने प्लान थियो। म पुगे ११ बजे उनि आइन ११ २० मा। केहि खाजा खाएर १ २० तिर घर आए। केहि दिन अगिदेखिनै निसासले कोर्ट मार्शल हेर्न जाने कुरो गरेकि थिइन म भ्याउने नभ्याउने टुंगोमा थिइन तेसैले उनले १२ बजेतिर फोन गर्दा म आफैले फोन गर्छु भने। घर आएर फोन गरे। ४ १५ मा गोल्डेन पिक स्कूल आइपुग्न भने। केहि समय सुतेर ४ २० मा पुगे उनि आइसकेकी रैछन ,सधै जसो १० मिनेट कुर्नु परेन।
बाइक हुइकाए नारायणहिटिको उत्तरी गेट तिर। तेज भवन थिएटर भ्याली भनिएको थियो , नारायणहिटि एक फन्को लगाएपछि मात्र तेज भवन भेटियो , टिकट लिएर लाइनमा बस्यौ , भित्र छिरे पछि सेकेण्ड लास्टको सिटमा गएर बसियो। नाटक अवदिभर के के गर्न पाइन्छ के के गर्न पाइदैन भन्ने नियम उद्घोष भएपछि मोबाइल अफ गरेर नाटक कुर्न लाग्यौ। एकछिन पछि सुरु भयो कोर्ट मार्शल।
मेरो जीवनको पहिलो नाटक हेराइ थियो यो। स्कूल हुदा आफैले नाटक खेले पनि हेर्ने सौभाग्य जुरेको थिएन। कर्नेल रुपक आइपुगे हामि बीच नाटकको सुरुवातसंगै। दर्शक दीर्घमा पूर्व प्रधानमन्त्रि डा बाबुराम भट्टराई पनि थिए।
पहिलो चोटि हेरेको नाटकले नै राम्रो छाप छोड्यो। बिषय राम्रो थियो। एक्टिङ्गको त कुरै नगरौ। रंगमंचमा खारिएका कलाकारहरुको प्रस्तुति उत्क्रिस्ट थियो। २ घण्टा लामो नाटकमा लम्बाइको ख्याल नै रहेन। मानबिय समबेदनालाइ उत्क्रिस्ट रुपमा प्रस्तुत गरिएको थियो। यदि मैले नहेरेको भए ठुलैकुरा छुट्थ्यो जस्तो लाग्यो। कोर्ट मार्शलको अन्तिम सो थियो त्यो। आफुलाई भाग्यमानि महसुस गरे।
नाटक सकिए पछि फोन अन गरेपछि अपेक्षित रुपमा घरबाट फोन आयो। चाडै आउने कुरो टुङ्ग्याएर मोटरसाइकल स्टार्ट गरे। बेलुकीको चिसोमा हतार गर्दै निसासलाइ गोल्डेन पिक अगाडी छोडेर म घर पुगे। खाना खाए। ल्याप्टप खोले अघिल्लो दिन ब्याट्री सकिएको कुरो याद रैनछ , ८ बजे बत्ति गयो। चाडो सुत्ने बानी छैन , एकछिन घोत्लिएर केहि किताब पढ्ने निर्णय अनुसार ओशो को फ्रम सेक्स टु सुपर कन्सियसनेस उठाएर आखा तेर्स्याउन खोजे केहि पेज पढे पछि निन्द्राले छोप्यो।


No comments:

Post a Comment