Jan 11, 2014

स्कुले लभ !!

उनि बिछ्ट्टै राम्री थिइन् , स्कुल भरि कै राम्री। मेरी प्रेमिका सिमा।
कक्षा १० रोल नंबर २४ , कक्षाको अन्तिम सिटको कुनो मेरो प्रिय ठाउ।किशोर र छिरिङ्ग मेरो बेन्च सेयर गर्ने मित्रहरु।  लजालु स्वभाब , बिशेष गरि केटिसंग बोल्न डराउने मान्छे।  कक्षा ८ बाट ९ मा जादा तेस्रो हुन्छु भन्ठानेको थिए चौथा भए त्यहाबाट सुरु भयो पहिलो हुने रहर। एउटै मात्र उदेश्य बन्यो पहिलो हुने जसरि भए पनि । दिनरातको मिहेनत सुरु भो सोचे अनुसार पहिलो नि भईयो।

अजय मलाई प्रेम गर्न सिकाउने साथि। उसलाई ९ मा पढ्ने एउटी केटि मन परेछ। उनीहरुको लभ पार्न निकै कसरत  गर्नुपर्यो। अन्तत लभ पर्यो , उनको नाम थियो सजना। सजना , सिमा र सुमिता एकै समुहका साथि थिए । कक्षा ९ मा हाम्रो अर्को मित्र पनि पढ्थे कुशल। सजना , सिमा र सुमिताको घर हाम्रो घर जाने बाटोमा थियो। अजयको लभ परेपछि बाध्य भएर उनिहरु संगै फर्कनुपर्थ्यो। त्यसताका लभको एक प्रकारको फेसन नै चलेको थियो। साथीहरु बिस्तारै मेरो नाम लिएर सीमालाई जिस्काउन थालिसकेका थिए अनि उनको नाम लिएर मलाइ । म मुस्काई दिन्थे। घर फर्कदा सिमा पनि हुन्थिन तर कहिले पनि उनीसंग सिधा कुरा हुन्न थियो। उनि पनि म संग बोल्न लजाउथिन।

घर तिरको अर्को साथी थियो सुजन , चिनजान  क्रममा सुजनलाई पनि अजयले उनिहरुसंग चिनाइदियो। बिस्तारै सुमिता र सुजनको प्रेमको मुना पलाउदै गयो , उनीहरु प्रेमी प्रेमिका भए। अब बाकी रहें म र सिमा। केटिहरुसंग बोल्न डराए पनि अलि हावा खालको मान्छे थिए म , पढाई राम्रो भए पनि सज्जन बन्न मन लाग्दैन थियो। स्कुलमा अनेक थरिको फेसन ल्याउने श्रेय हामिलाइ नै जान्थ्यो।


असार ६ गते शुक्रबारको  दिन  साथीहरुको लैलैमा लागेर अजय स्टाइलको प्रेमपत्र सिमालाइ दिन भनि अजयको हातमा थमाई दिए।  त्यहि दिन भेट्ने निधो भको थियो। सिमा र म पहिलो पटक एक अर्का सँग प्रत्यक्ष भेट्दै थियौ। आफ्नो मनमा ढ्याङ्ग्रो बज्न थालिसकेको थियो। म चाडै पुगेर उनको प्रतिक्षा  गर्न लागे। केहि समयपछि उनि आइरहेको देखे। अनुहारमा पसिना आउन थाल्यो ,पसिना पुछे। के गर्नु न के गर्नु भो। उनि लजालु मुस्कान लिएर मेरो सामु आइन। मलाइ बोल्ने आट आएन , उनैले सोधिन् कति खेर आएको। म टाइमको पक्का थिए त्यसैले तोकिएकै समयमा आएको कुरा भने। मलाई कहिले त्यहाबाट भागौ जस्तो भैसकेको थियो , हतार हतार  गर्दै आन्सर के हो भनेर सोधे , उनले पछि भन्छु भनिन्। ओके मलाई हतार छ म जान्छु भनेर हिडे।

घर आइपुगे हत्तनपत्त ऎना हेरे , आफैलाई गिज्याए। मुटु तेज धड्कन थाल्यो। साथीहरुलाई भेटेर वृतान्त बताए।  बेलुका खाना खाएर ओछ्यानमा पल्टिए आखा भरि दिउसोको भेट नाचिरहेथ्यो। बल्ल बल्ल निदाए , फेरी  बिउझिए पछि निदाउन गार्हो पर्थ्यो , मुटुले ढ्यांग्रो ठोक्थ्यो। तेसरिनै ६  दिन बिते। स्कुलबाट घर आउदा संगै फर्किए पनि प्रत्यक्ष कहिल्यै कुरा भएन। असार १२ गते शुक्रबार उनले स्वीकारेको पत्र साथीको हातमा पठाइन। लौ अब तेरो लब पर्यो भने साथीहरुले लौ त होलानी भन्ठानियो। त्यसपछिका दिनहरु पनि खासै फरक रहेनन्। प्रत्यक्ष कुरा हुदैन थियो। प्रेमपत्रमा आइ लाभ यु भनिन्थ्यो।  त्यो बेला घरमा कलर टि भी त थिएन भने फोन ,मोबाइलको त कुरै भएन तर उनको घरमा ल्याण्ड्लाइन फोन थियो कहिलेकाही सार्वजनिक टेलिफोन बुथबाट उनको नंबर घुमाउथे। उनीले चियाको लागि घरमा बोलाइन एक दिन लाज मानि मानि उनको घर पुगे उसको दिदि पनि संगै हुनुहुदो रैछ , सीमाले मेरो बारेमा दिदीलाई भनिसकेकी रहेछिन। दिदीको सिधा प्रश्न म तिर तेर्सियो संजय भन्ने तिमिनै होउ ? मैले हो भने। अर्को प्रश्न तिमि त फर्स्ट ब्वाई रे हो ? मलाई लाजले छोपिसकेको थियो , कसले भनेको भनेर सोधे , उहाले मलाइ थाहा छैन र भन्नु भो। मलाई कहिले चिया बुत्याउ र घर फर्कौ जस्तो भो। दिदीले बेला बेला मलाई जिस्काई रहनु भयो।
 सामान्य गति मै प्रेम चलिरहेको थियो , मेरो एस एल सी आयो , परिक्षा  दिए रिजल्ट आउनु भन्दा अगाडी नै आफ्नै कारण देखाएर उनले प्रेम सम्बन्ध अन्त्य गर्न अनुरोध गरिन् मैले कहिल्यै पनि प्रति प्रश्न गरिन।


No comments:

Post a Comment