Jan 1, 2014

दैब !!

दैवको खोजीमा भौतारिरहेका पाइलाहरु
अनायासै रोकिन खोज्छन
आशा  निराशामा परिवर्तन हुदा 
जीवनको सत्य खोइ कहाँ छ
 नैबेद किन चडाउने , फुल किन चुडाउने

एक झुट, अर्को सत्य
के हो सत्य के हो प्रेम
किन मन फुकाएर रुने , किन दिल खोलेर हास्ने
साझको मिठो अँध्यारोमा लुकेको रहस्य
मुटु किन दुखाउने , आशुहरु किन सुकाउने

ढुंगामा लुकेको सत्य
चित्रमा उतारिएका भगवान
काबा भित्रको रहस्य
बाइबलमा लुकेको शब्द
कुन बस्तुलाई मान्ने कुन प्रभुलाइ ढोग्ने

भाग्यको देन , दिन र रात
मिठो र नमिठो
गाह्रो र सजिलो
किन दैब पुकार्ने किन भगवान गुहार्ने

पुजा गर्नु को अर्थ के
धर्म कहाँ छ
मर्म कहाँ छ
मानवियताको अर्थ के
भगवानलाइ कसरि खुसि बनाउने ?
जीवन कसरि सुखी बनाउने ?



6 comments: