Jan 8, 2014

तिमीसंग !!

तिम्रो झर्ना जस्तो कालो केशमा लुक्न मन लाग्यो
तिम्रो सागर जस्तो नयनमा डुब्न मन लाग्यो
हाम्रो माया प्रेम देखेर जल्नेछ संसार
साउनको झरीमा संगसंगै रुज्न मन लाग्यो

तिम्रो हातमा हात राखी हिड्न मन लाग्यो
तिम्रो त्यो कोमल अधरमा चुम्न मन लाग्यो
तिमि  बिना अधुरो छ मेरो जीवन
साउनको झरीमा संगसंगै रुज्न मन लाग्यो

तिम्रो मन मन्दिरमा बस्न मन लाग्यो
तिम्रो त्यो मिठो आवाज सुन्न मन लाग्यो
तिमीलाई सपनीमा भेट्न मन लाग्यो
संगसंगै साउनको झरीमा रुज्न मन लाग्यो


1 comment: