Jan 17, 2014

म सक्दिन

मन भारि हुन्छ
आखाहरू भरिन्छन्
लाचार भइञ्छ
बोलि फुट्दैन
दिमाग खालि हुन्छ
निन्द्रा लाग्दैन।

आखा बन्द गर्छु
अँध्यारो छ
आखा खोल्छु
उज्यालो देख्दिन
हास्न मन लाग्छ
कारण भेट्दिन।


Jan 16, 2014

मन

एक्कासी भाबुक भए , मनलाई सोधे , मन मौन रह्यो
म कुन सुरले अलक निरन्जनको भाका गाउ
तड्पाईको पिडालाइ कुन मलम लगाउ
भक्कानेर रुन्छ मन कुन ओखतिले आशु सुकाउ

हातगोडा थाकी सके , उद्देश्यले गिज्याइरहेछ
जित्न नजानेको मन, कुन सफलतामा रमाउ
लाचार जिन्दगी,  मदिराबिना नै बेहोसीमा बितिरहेछ
कुन भगवानलाई पुजौ कसको हात समाउ

कुन भुमरीमा फसे म कति मिठो थियो जिन्दगि
एक्लो छु म कसलाई मनको बह पोखौ
भाग्यलाई दोस दिदै , दुखि जिन्दगि बिताइरहेछु
आत्तिएको छ मन यी भावनाहरुलाई कसरी रोकौ

Jan 11, 2014

स्कुले लभ !!

उनि बिछ्ट्टै राम्री थिइन् , स्कुल भरि कै राम्री। मेरी प्रेमिका सिमा।
कक्षा १० रोल नंबर २४ , कक्षाको अन्तिम सिटको कुनो मेरो प्रिय ठाउ।किशोर र छिरिङ्ग मेरो बेन्च सेयर गर्ने मित्रहरु।  लजालु स्वभाब , बिशेष गरि केटिसंग बोल्न डराउने मान्छे।  कक्षा ८ बाट ९ मा जादा तेस्रो हुन्छु भन्ठानेको थिए चौथा भए त्यहाबाट सुरु भयो पहिलो हुने रहर। एउटै मात्र उदेश्य बन्यो पहिलो हुने जसरि भए पनि । दिनरातको मिहेनत सुरु भो सोचे अनुसार पहिलो नि भईयो।

अजय मलाई प्रेम गर्न सिकाउने साथि। उसलाई ९ मा पढ्ने एउटी केटि मन परेछ। उनीहरुको लभ पार्न निकै कसरत  गर्नुपर्यो। अन्तत लभ पर्यो , उनको नाम थियो सजना। सजना , सिमा र सुमिता एकै समुहका साथि थिए । कक्षा ९ मा हाम्रो अर्को मित्र पनि पढ्थे कुशल। सजना , सिमा र सुमिताको घर हाम्रो घर जाने बाटोमा थियो। अजयको लभ परेपछि बाध्य भएर उनिहरु संगै फर्कनुपर्थ्यो। त्यसताका लभको एक प्रकारको फेसन नै चलेको थियो। साथीहरु बिस्तारै मेरो नाम लिएर सीमालाई जिस्काउन थालिसकेका थिए अनि उनको नाम लिएर मलाइ । म मुस्काई दिन्थे। घर फर्कदा सिमा पनि हुन्थिन तर कहिले पनि उनीसंग सिधा कुरा हुन्न थियो। उनि पनि म संग बोल्न लजाउथिन।

घर तिरको अर्को साथी थियो सुजन , चिनजान  क्रममा सुजनलाई पनि अजयले उनिहरुसंग चिनाइदियो। बिस्तारै सुमिता र सुजनको प्रेमको मुना पलाउदै गयो , उनीहरु प्रेमी प्रेमिका भए। अब बाकी रहें म र सिमा। केटिहरुसंग बोल्न डराए पनि अलि हावा खालको मान्छे थिए म , पढाई राम्रो भए पनि सज्जन बन्न मन लाग्दैन थियो। स्कुलमा अनेक थरिको फेसन ल्याउने श्रेय हामिलाइ नै जान्थ्यो।


Jan 8, 2014

तिमीसंग !!

तिम्रो झर्ना जस्तो कालो केशमा लुक्न मन लाग्यो
तिम्रो सागर जस्तो नयनमा डुब्न मन लाग्यो
हाम्रो माया प्रेम देखेर जल्नेछ संसार
साउनको झरीमा संगसंगै रुज्न मन लाग्यो

तिम्रो हातमा हात राखी हिड्न मन लाग्यो
तिम्रो त्यो कोमल अधरमा चुम्न मन लाग्यो
तिमि  बिना अधुरो छ मेरो जीवन
साउनको झरीमा संगसंगै रुज्न मन लाग्यो

तिम्रो मन मन्दिरमा बस्न मन लाग्यो
तिम्रो त्यो मिठो आवाज सुन्न मन लाग्यो
तिमीलाई सपनीमा भेट्न मन लाग्यो
संगसंगै साउनको झरीमा रुज्न मन लाग्यो


Jan 1, 2014

दैब !!

दैवको खोजीमा भौतारिरहेका पाइलाहरु
अनायासै रोकिन खोज्छन
आशा  निराशामा परिवर्तन हुदा 
जीवनको सत्य खोइ कहाँ छ
 नैबेद किन चडाउने , फुल किन चुडाउने

एक झुट, अर्को सत्य
के हो सत्य के हो प्रेम
किन मन फुकाएर रुने , किन दिल खोलेर हास्ने
साझको मिठो अँध्यारोमा लुकेको रहस्य
मुटु किन दुखाउने , आशुहरु किन सुकाउने

ढुंगामा लुकेको सत्य
चित्रमा उतारिएका भगवान
काबा भित्रको रहस्य
बाइबलमा लुकेको शब्द
कुन बस्तुलाई मान्ने कुन प्रभुलाइ ढोग्ने

भाग्यको देन , दिन र रात
मिठो र नमिठो
गाह्रो र सजिलो
किन दैब पुकार्ने किन भगवान गुहार्ने

पुजा गर्नु को अर्थ के
धर्म कहाँ छ
मर्म कहाँ छ
मानवियताको अर्थ के
भगवानलाइ कसरि खुसि बनाउने ?
जीवन कसरि सुखी बनाउने ?



Dec 29, 2013

जन्मदिन र कोर्ट मार्शल!!


२७  तारिक बिहानै ७ बजे नयाँ बानेश्वर पुग्नुपर्ने थियो। सिन्धु बिकास बैंकको क्यास भेरिफिकेसनको लागि सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको थियो। बिहानै सखारै बाइक हुइक्याउदै पुगे बानेश्वर तर ७ ४५ मा बैंकको भ्यान आइपुग्यो बि टि आइ अगाडी। सम्भु र म भ्यान मा बस्यौ , शान्तिनगरबाट बिपिन दाइ  चढ्नु भयो। हामि लाग्यौ सिन्धुपाल्चोक तिर। गाडिमा हिन्दि गीतहरु घन्किरहेका थिए। गाडीमा मैले सम्भुलाई काम कसरि गर्ने सम्झाइदिए , कुराकानी गर्दा गर्दै हामि दोलालघाट पुग्यौ। सम्भुलाइ दोलालघाट मलाइ खाडीचौर र बिपिन दाइलाई बार्हबिसे शाखा छुट्याइएको थियो। खाडीचौर ९ १५ मा पुगियो। जाने बित्तिकै काम सुरु गरे, समय कम थियो ,९ ३० मा बैंकको कारोबार सुरु हुने भएकोले हतार हतार गर्दै क्याश भेरिफिकेसन सक्काए। बिपिन दाइ बर्हबिसेमा सकेर खाडीचौर हुदै दोलालघाट पुगेर खाना खाने तय भएको थियो तर दाइ बजार तिर लाग्नु भएछ ढिलो हुने भएर खाना खाएर बस भन्नु भो। म खाना खान कबिता म्याम संग लागे। खाना खाएर डेड घण्टा कुरे पछि दाइ आइपुग्नु भयो र हामि दोलालघाट तिर लग्यौ। दोलालघाटमा सम्भुलाई लिएर काठमान्डू तिर लाग्यौ। धुलिखेलमा एकछिन भ्यान बिसाइयो। कफी र केहि खाजा खाएर हामि गन्तब्य तिर लाग्यौ। काठमान्डू ६ बजे आइपुग्यो। मेरा एक साथी मलाइ कुरिरहेका थिए। अफिसबाट बाइक निकालेर साथीलाई लिएर घर तिर लागे। दिनभरी फोन ब्यस्त नै थियो साथीहरुले जन्मदिनको सुभकामना दिन फोन गरेका थिए। म आफैलाई थाहा छैन मलाई कसैले प्रतक्ष्य रुपमा ह्याप्पी बर्थडे भन्यो भने लाज लाग्छ।त्यसपछि सधै जस्तो घर तिरका साथीहरुले हरेक को जन्मदिनमा केक काट्ने चलन अनुसार केक को बन्दोबस्तो गरेका रैछन। किशोर दाइ,दिवाकर दाइ,मनोज,रबि दाइ सब मलाई कुरिरहेका रहेछन। मोटरसाइकल घरमा थन्क्याएर म लागे जिन्को फरेस्ट रिसोर्ट तिर। मैले २ ३ वर्ष यता खाना इन्जोय गरेको थिइन , धेरै पछि खानाको मज्जा लिएर घर फर्किए।  यसरि बित्यो जन्मदिन।

Dec 25, 2013

मेरी मन कि राजकुमारी !

मेरी मन कि राजकुमारी !
तिमीले प्रेमको प्याला पिलायौ !
मलाई प्रेम गर्न सिकायौ !
म त रोइरहेको थिए !
तिमीले हास्न सिकायौ बाच्न सिकायौ !

म त अल्लारे ठिटो हाउडे केटो !
मनसंग मन बात गर्न सिकायौ !
नजर मा नजर मिलाई प्यार गर्न सिकायौ !
मदिरा बिना नै मात लाग्न सिकायौ !

यौवनको जंगलमा फुलेको फुल टिप्न सिकायौ !
साझमा लुकी लुकी भेट्न सिकायौ !
अंगालोमा बाधिएर झुमी झुमी नाच्न सिकायौ !
भुलिसकेको बिगतका प्यारा पलहरु साच्न सिकायौ !